साउनदेखि वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ढुवानी गर्नुपर्ने

Jun 09, 2019 RSS

आगामी आवको सुरुदेखि  एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म मालसामान सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने भएको छ। सो प्रणाली लागू गर्न राजश्व अनुसन्धान विभागले शनिबार चितवनका व्यवसायीसँग सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल गरेको छ।

उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा विभागले आगामी आवको सुरुदेखि लागू गर्न लागेको सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधि वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरेको हो।

सो अवसरमा दिइएको जानकारी अनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ। एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ।

यस प्रणाली अन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो।

कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन प¥यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलानलगायतका बारेमा प्रकाश पारेका थिए।

विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महिनाभरिमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ।

असार महीनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिए। यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उनले बताए। जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ।

सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवद्र्धन समितिका संयोजक सोमप्रसाद काप्री लगायतले बोल्नुभएको थियो। कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।