प्राइम बैंकको एक अर्ब २८ करोडको बोनस बाँड्ने प्रस्ताव पारित

Jun 09, 2019 Merolagani



प्राइम कमर्सियल बैंक (PCBL) को आइतबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८१९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते  बिहीबार ३ बजे सम्पन्न ३४८ औं बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस वितरण गर्न प्रस्ताव गरेको थियो। 

नेपाल प्रज्ञा प्रतिष्ठन कमलादीमा सम्पन्न बैंकको साधारण सभाले बैंकको अधिकृत पूँजी १० अर्बबाट २० अर्ब पुर्याउने निर्णय गरेको छ। त्यस्तै साधारणसभाले अन्य बेंक तथावित्तिय संस्थासंग मर्जरमाजान सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गरेको छ ।

साधारण सभाबाट संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालक निर्बिरोध निर्वाचित चयन गरेको छ। जसमध्ये सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ रहेका छन्। सर्वसाधारण शेयरधनीको तर्फबाट मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सभाले बैंकको अधिकृत पूँजी १० अर्बबाट २२ अर्ब पुर्याउने, अन्य बैंक तथा वित्तीय संस्था मर्जर।प्राप्ती गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्त लगायत अन्य प्स्ताहरु समेत पारित गरेको छ ।
हाल ८ अर्ब ३ करोड रुपैयाँ बैंकको चुक्ता पूँजी बोनस पश्चात ९ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

हालै कन्काइ विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको बैंकले आगामी दिनहरुमा बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल वितरण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।