प्राइम बैंकले ललितपुर फाइनान्सलाई पनि प्राप्ती गर्ने

Jun 10, 2019 Merolagani

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले ललितपुर फाइनान्स लिमिटेडलाई पनि प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। केहि दिन अघि कन्काई विकास बैंकलाई एक्विजिशन गर्ने सम्झौता गरेको बैंकले ललितपुर फाइनान्सलाई पनि आफुमा मिलाउने सम्झौता गरेको हो।

काठमाडौं कमलपोखरीमा केन्द्रीय कार्यालय रहि राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त प्राइम कमर्सियल बैंकले र ललितपुर फाइनान्सको ललितपुर महानगरपालिका लगनखेलमा केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्वन्धी सहमति भएको छ।

शनिबार एक समारोहकाबीच प्राप्ती सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथा सम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ।

यसअघि प्राइम र कन्काई विकास बैंकबीच जेठ २२ गते बुधबार प्राइम बैंकको मूख्य कार्यालय कमलपोखरीमा एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो। फाइनान्सको निष्कृय कर्जा अनुपात ७५.३३ प्रतिशत रहेकोले प्राइमले २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ।

गत आवको बोनस पश्चात प्राइम बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख तथा ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ। समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ करोड १८ लाख रुपैयाँ खुद नोक्सानीमा छ। 

कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइमको कूल शाखा संख्या ९२ हुनेछ।

ललितपुर फाइनान्सको शेयर कारोबार रोकियो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।