हिमाल दोलखा हाइड्रोको आईपिओमा न्यून आवेदन परेपछि लम्बियो म्याद

Jun 11, 2019 Merolagani



हिमाल दोलखा हाइड्रोपावर कम्पनी (HIMAL) ले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि निष्काशन गरेको १६ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओमा न्युन आबेदन परेको छ ।  

ईलामबासीलाई १५ दिनको म्याद दिएर आब्हान गरिएकोमा जम्मा एक लाख ६५ हजार कित्ता मात्र बिकेपछि फेरि १५ दिन म्याद लम्बिएको छ। जेठ १४ गतेदेखि निष्काशन भएको कम्पनीको उक्त आईपिओमा अब स्थानीय बासिन्दाले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म मात्र आइपीओ भर्न पाउने व्यवस्था थियो। कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर जारी गरेको हो।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपिओलाई केयर नेपाललले औसतभन्दा तल आधार जनाउने 'केयर एनपि आईपिओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएम क्यापिटलका अनुसार मंगलबार बिहानसम्म उक्त आईपिओमा ९२१ वटा आवेदबाट एक करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको एक लाख ६५ हजार २५० कित्ता शेयरका लागि मात्र माग भएको छ।

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना संचालन गरिरहेको छ।  माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख अर्थात ७२ करोड ५१ लाख ४९ लाख र माई खोला स्मल क्यास्केड हाइड्रोपावर १७ करोड ८० लाख ८७ हजार अर्थात एक अर्ब ४२ करोड लागतमा निमार्ण सम्पन्न गरि सञ्चालनमा रहेको छ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्नेछ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनीले  चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६/७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।