हिमालयन डिष्ट्रिलरीले जेठ ३० देखि अन्तरिम लाभांश बाँड्ने

Jun 12, 2019 Merolagani



हिमालयन डिष्ट्रिलरी (HDL) ले जेठ ३० गतेदेखि शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ । जेठ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षमा सञ्चित मुनाफाबाट कर सहित ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

कम्पनीले जेठ ३० गते बिहीबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपिइस मार्फत सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा वितरण हुने जनाएको छ।

कम्पनीले वितरण गर्ने उक्त लाभांश रकम यहि जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्सालमा रहेको कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र पाउनेछन्।

नेपाल स्टक एक्सचेञ्जमा उत्पादनमूलक कम्पनीमा सूचीकृत रहेको यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्न लागेको हो। कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई बैंक खाता अद्यावधिक गरेपश्चात मात्र लाभांश वितरण गरिने भन्दै बैंक खाता अद्यावधिक गराउन भनेको छ ।

यस्तै शेयर धितो राखेकाले धितो राखेको बैंक तथा वित्तीय संस्थाबाट 'नो अब्जेक्सन लेटर' लैजानुपर्ने हुन्छ। आव २०७०/०७१ र ०७१/०७२ को नगद लाभांश संकलन नगरेका शेयरधनीलाई कम्पनीको जावलाखेलमा रहेको कार्यालयमा सम्पर्क गर्न सूचीत गरिएको छ ।

हिमालयन डिष्टिलरीले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर कर सहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश गत फागुन ६ गतेदेखि वितरण गरेको थियो।

यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।