बैंकहरुमा तरलता अभाव गहिरियो, राष्ट्र बैंकले १० अर्ब पठाउँदै

Jun 12, 2019 Merolagani



बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम खुम्चिएको छ। जेठ २८ गते मंगलबारको विवरण अनुसार बैंकहरुमा २३ अर्ब मात्र अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत साता यस्तो रकम २८ अर्ब हाराहरीमा रहेको थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने अहिले घटेर ६.४ प्रतिशतमा झरेको छ । गत साता अन्तरबैंक व्याजदर साढे ७ प्रतिशत माथि पुगेको थियो। 

बैंकिङ्ग प्रणालीमा तरलतामा चाप परेपछि नेपाल राष्ट्र बैंकले जेठ २९ गते बुधबार वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको छ। केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

केन्द्रीय बैंकले ७ दिनमा (असार ४ गते बुधबार) परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार अपराह्न ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतवा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन्। पाँच प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्ध गरिनेछ ।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ।

गत जेठ २३ गते एक हप्ता अवधिको १५ अर्ब रुपैयाँको रिपो जारी गर्दा ११ बैंकले १४ अर्ब १४ करोड रुपैयाँ लगेका थिएर जसमा न्यूनतम ५ प्रतिशत देखि अधिकतम ५.८० प्रतिशतसम्मको बोलकबोल भएकोमा भारित औसत ब्याजदर ५.१७ प्रतिशत  कायम भएको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।