वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

Jun 12, 2019 RSS



नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका देउजालाई रानीवनबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथ देवल पठाइएको प्रवक्ता रेग्मीले बताए।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।