मोबाइल मेलामा भीड: थपियो अफर' मोबाइल किन्दा एक लाखको बीमा

Jun 19, 2019 Merolagani



राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भीड लागेको छ। सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधा दर्जन अफरहरु थप गरिएको छ ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ ।

यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंया सम्मको जीवन बीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् ।

चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हब, दरबार मार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको हो ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७ मिनी एस्, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ ।

१५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा२ वटा सिमकार्ड,ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२०० एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चकोस्क्रीन, ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जीबी स्टोरेज छ ।

१० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन १ जीबी र्याम, १६ जीबी स्टोरेज, २२०० एमएएचको व्याट्री छ ।

नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथा जिएसएमसिम एकै साथ प्रयोग गर्न सकिन्छ । २८ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ मिनीमा ५.२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगा पिक्सेलको फ्रण्ट तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ ।

त्यसै गरी ३६ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७ मिनीएसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ ।

३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंिगरप्रिण्टका साथै आधुनिकफिचर्स छन् ।

३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी७.१ एण्ड्रोइड भर्सन, ४००० एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतकाविशेषता छन् ।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशतब् याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमा सिने डिसी सिनेमाको टिकट निशुल्क पाउने छन् । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन् ।

मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ ।मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।