“हामी बाढी प्रभावित परिवारहरूको साथमा छौँ।” भन्दै बाढीपीडितका लागि उद्योगी श्याम राठीद्वारा १३ लाख ५० हजार रुपैयाँ सहयोग

Aug 29, 2026 02:48 PM Merolagani



विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडितहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।

राठीले आफू आबद्ध राठी केबलबाट ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टबाट २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उपलब्ध गराउने भएका हुन्।

हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको जनाइएको छ।
विपद्को कठिन समयमा उद्योगी तथा निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले पीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।