आईपीओ निष्कासनका लागि सुप्रिम वाइन नेपालले नियुक्त गर्यो नेशनल क्यापिटल

Jul 31, 2026 10:09 AM Merolagani



काठमाडौँमा आधारित वाइन उत्पादक कम्पनी सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेशनल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ

साउन १४ गते काठमाडौँको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीहरूबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो

व्यावसायिक पृष्ठभूमि र कृषि पर्यटनको लक्ष्य

सन् २०१५ (वि.सं. २०७१) मा स्थापना भई काठमाडौँको बुढानीलकण्ठ-३ मा मुख्य कार्यालय रहेको सुप्रिम वाइन नेपालले बजारमा 'अकिरा' (AKIRA) र 'सब मरीन' (SUB MARINE) जस्ता लोकप्रिय ब्रान्डका प्रिमियम तथा फ्रुट वाइनहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। लामो अनुभव बोकेको व्यवस्थापन टोलीद्वारा सञ्चालित यो कम्पनी हाल नाफामूलक अवस्थामा छ

कम्पनीले विद्यमान वाइन व्यवसायको विस्तारसँगै कृषि पर्यटन (Agro-tourism) क्षेत्रमा समेत आफ्नो व्यवसाय विविधीकरण गर्ने दीर्घकालीन रणनीति तय गरेको छ। आईपीओबाट सङ्कलित पूँजीलाई उत्पादन क्षमता वृद्धि, ब्रान्ड प्रवर्द्धन र कृषि पर्यटन योजना कार्यान्वयनमा उपयोग गरी नेपालको अग्रणी वाइन उत्पादक बन्ने लक्ष्य कम्पनीको छ

वाइन बजारको सम्भावना

नेपालमा समग्र मदिरा उद्योग वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहे तापनि कुल मदिरा बजारमा वाइनको हिस्सा हाल करिब १ प्रतिशत मात्र रहेको छ। उपभोक्ताको बदलिँदो रुचि र स्वदेशी प्रिमियम वाइनको बढ्दो मागका कारण यस क्षेत्रमा बजार विस्तारको ठूलो सम्भावना रहेको कम्पनीले जनाएको छ

आईपीओ प्रक्रियाको निष्कासन व्यवस्थापन गर्ने दायित्व पाएको नेशनल क्यापिटल लिमिटेड नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो। नेपाल धिताेपत्र बाेर्डबाट स्वीकृत प्राप्त यस मर्चेन्ट बैंकले पूँजी बजारमार्फत वित्तीय स्रोत परिचालन गर्न विभिन्न संस्थाहरूलाई सहयोग पुर्‍याउँदै आएको छ




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।