शेयर बजारमा कुन वाणिज्य बैंकको शेयर कति महङ्गो ? (तुलनात्मक अध्ययनसहित)

Jun 21, 2019 08:17 AM Merolagani

शेयर बजारमा कारोबार भईरहेका वाणिज्य बैंकको शेयर मध्ये कुन महङ्गो - कुन सस्तो ? कसरी थाहा पाउने ? कतिपय लगानीकर्ताहरुले यस्ता जिज्ञासाहरु बारम्बार ब्यक्त गर्छन् ।

मेरोलगानी डटकमले शेयर बजारमा शेयर कारोबार भईरहेका २७ वटा वाणिज्य बैंकहरुको असार ५ गतेको शेयरमूल्यको आधारमा हिसाब गरेर प्रस्तुत गरेको छ ।

शेयर बजारमा सूचीकृत २७ वाणिज्य बैंकहरुमध्ये कतिपय बैंकहरुको शेयरमूल्य प्रतिशेयर नेटवर्थकै हाराहारीमा छ। घट्दो बजारमा वाणिज्य बैंकहरुको शेयर मुल्य पनि केहि घटेको देखिन्छ तर दैनिक कारोबार भने बढि नै हुने गर्छ।

वाणिज्य बैंकहरु मध्ये नविल बैंकको शेयरमूल्य सबैभन्दा बढि रहेको छ भने सिभिल बैंकको शेयरमूल्य सबैभन्दा कम छ तर मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियोलाई आधार मान्दा भने अर्कै दृश्य देखिन्छ ।

नेपाल बैंकको पीई रेसियो सबैभन्दा कम छ भने स्टान्डर्ड चार्टर्ड बैंकको पीई रेसियो सबैभन्दा बढी छ। २७ वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकको पीइ रेसियो १५ गुणभन्दा कम छ भने ९ वटाको १५ गुणाभन्दा बढी  छ ।

स्रोतः सम्बन्धित कम्पनीको वित्तीय विवरण, नेप्से र मेरोलगानी डाटा एनलाईटिक्स

पीई रेसियो धेरै हुनु भनेको त्यस कम्पनीको शेयर धेरै महङ्गो छ, लाभांशले लगानीको भार धान्दैन भन्ने हो भने मूल्य आम्दानी अनुपात कम छ भने मूल्य सस्तो छ, जोखिमको मात्रा कम छ भनेर बुझ्ने हो ।

सामान्यतया मूल्य  आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेको कम्पनीमा गरिएको लगानी सुरक्षित मानिन्छ तर यसैलाई सबै आधार भने मान्न सकिँदैन। कम्पनीको वृद्धि र विस्तार, लाभांश दिएको इतिहास, यस वर्षको प्रतिशेयर आम्दानी, लाभांश क्षमता, जगेडा कोष, पूँजीगत जगेडा कोष र शेयर प्रिमियम, संस्थागत सुशासन अरु सूचकहरु पनि उत्तिकै महत्वपूर्ण हुन् ।

कतिपय कम पूँजी भएका कम्पनीको पीई रेसियो  कम देखिए पनि चुक्ता पूँजी तोकिए भन्दा कम भएकाले पूँजी बढेको अबस्थामा उसको लाभांश बाँड्ने क्षमता कम हुन सक्छ। विगत वमा एकैचोटी धेरै बोनस शेयर वा नगद लाभांश बाँड्यो तर अघिल्लो वर्ष निकै कम थियो र यस वर्ष त्यति नै अनुपातमा बाँड्ने सम्भावना छैन भने पनि त्यस्तो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण नै हुन्छ ।

सबैभन्दा बढी शेयरमूल्य रहेको नविल बैंकको प्रतिशेयर आम्दानी पनि सबैभन्दा बढी ४७ रुपैयाँ २० पैसा छ। त्यस्तै शेयरमूल्य कम रहेको सिभिल बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा थोरै ७ रुपैयाँ ४५ पैसा मात्र छ।

वाणिज्य बैंकहरुले गत तीन वर्षमा वितरण गरेको लाभांश हेर्ने हो भने स्ट्याण्डर्ड चार्टर्ड सबैभन्दा अग्र स्थानमा छ। उसले गत तीन वर्षमा २४.५१ प्रतिशत नगद लाभांश र १३३.३३ प्रतिशत बोनश शेयर गरी कुल १५७.८४ प्रतिशत लाभांश वितरण गरेको छ तर यो नियमित आम्दानीबाट गरिएको हैन र यस वर्ष त्यही अनुपातमा वितरण सम्भव छैन ।

त्यस्तै नेपाल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले गत तीन वर्षमा कुनै लाभांश वितरण गरेका छैनन्। नेपाल बैंकले विगत वर्षको लाभांश बाँड्न सक्दैन, यस वर्षको कमाईबाट बाँड्ने सम्भावना हुनसक्छ भने एनसीसीले विगतका वहरुको लाभांश बाँड्ने सम्भावना छ ।

पीई रेसियो १५ गुणा वा त्यो भन्दा कम भएका, क्रमबद्ध वृद्धि र विकास भएका, प्रतिशेयर आम्दानी तुलनात्मक रुपमा बढी रहेका, गत बर्ष राम्रो लाभांश दिएका, यस वर्ष पनि सोही अनुपातमा वा बढी दरमा लाभांश दिनसक्ने, संस्थागत सुशासन राम्रो रहेका कम्पनीहरु छान्नु बुद्धिमानी हुन्छ ।

किनबेच गर्दा कम्पनीहरुको आधारभुत अवस्था विश्लेषण गरी लगानी विविधिकरण (एउटा हैन, कम्तिमा राम्रा १० वटा कम्पनीको शेयरमा लगानी) गर्ने गरेमा जोखिमबाट बच्न सकिन्छ। यहाँ उल्लेख गरिएका कुराहरुको मात्र भर नपरी आफ्नै अध्ययन विश्लेषणबाट किनबेच गर्नुहोस्। कम्पनीहरुको वित्तीय विवरण र लाभांश घोषणामा आधारित रहि यहाँ अध्ययनको तरिका मात्र प्रस्तुत गरिएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।