जनउत्थान सामुदायिक लघुवित्तको मर्जर प्रस्ताव सहित साधारण सभा आह्वान

Jun 23, 2019 12:56 PM Merolagani



जनउत्थान सामुदायिक लघुवित्तले मर्जरमा जाने प्रस्ताव गर्दै असार ३० गते कम्पनीको आठौं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ।

साधारण सभामा कम्पनीले गत वर्षको कमाइबाट चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ लाख ३ हजार रूपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाँदै छ । 

त्यस्तै लघुवित्तले आफ्नो जारी पूँजी  १० करोड रूपैयाँबाट वृद्धि गरी ३० करोड रूपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा लैजाँदै छ ।

असार १२ गतेदेखि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद र २० प्रतिशत बोनस वितरणपछि कम्पनीकोे चुक्ता पूँजी ६ करोड ३३ लाख पुग्नेछ । सो चुक्तापूँजीको १ बराबर २ शेयरको अनुपातमा १२ करोड ६७ लाख रूपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि साभारण सभामा लैजाँदै छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रूपैयाँ २२ पैसा कायम गरेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।