जनउत्थान सामुदायिक लघुवित्तको मर्जर प्रस्ताव सहित साधारण सभा आह्वान

Jun 23, 2019 12:56 PM Merolagani



जनउत्थान सामुदायिक लघुवित्तले मर्जरमा जाने प्रस्ताव गर्दै असार ३० गते कम्पनीको आठौं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ।

साधारण सभामा कम्पनीले गत वर्षको कमाइबाट चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ लाख ३ हजार रूपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाँदै छ । 

त्यस्तै लघुवित्तले आफ्नो जारी पूँजी  १० करोड रूपैयाँबाट वृद्धि गरी ३० करोड रूपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा लैजाँदै छ ।

असार १२ गतेदेखि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद र २० प्रतिशत बोनस वितरणपछि कम्पनीकोे चुक्ता पूँजी ६ करोड ३३ लाख पुग्नेछ । सो चुक्तापूँजीको १ बराबर २ शेयरको अनुपातमा १२ करोड ६७ लाख रूपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि साभारण सभामा लैजाँदै छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रूपैयाँ २२ पैसा कायम गरेको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।