बुटवल पावरले किन्यो मर्स्याङ्दी हाइड्रोको ८ लाख ८५ हजार कित्ता शेयर

Jun 25, 2019 12:04 PM Merolagani



बुटवल पावर कम्पनीले २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रो पावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता शेयर खरीद गरेको छ। राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको कम्पनीले जनाएको छ ।

बुटवल पावरले दुई कम्पनीको गरी कुल ८ लाख ८५ हजार कित्ता शेयर खरिद गरेको बताएको छ।

उक्त शेयर खरीद भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडएस एउण्ड क्लियरिङ लिमिटेडलाई दिएको छ।

मनाङमा आयोजना स्थल रेहको मनाङ मस्र्याङदी कूल २८२ मेगावाट क्षमताको आयोजना होे। सो आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत् खरीद बिक्री प्रक्रियामा रहेकोे छ।

सो आयोजना चिनीयाँ साझेदारहरु एससिआइजी इन्टनरेशनल, क्याइसी इन्टनरनेशन र एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।