भार्गव र पूर्णिमा विकास बैंक शाइन रेसुङ्गामा बिलय हुने, तीनवटैकाे एकै दिन बिशेष साधारण सभा

Jun 25, 2019 12:36 PM Merolagani

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव बिकास बैंक र पूर्णिमा बिकास बैंकलाई आफुमा गाभ्ने प्रस्ताव राखेर विशेष साधारणसभा आब्हान गरेको छ। बैंकको बिशेष साधारणसभा असार २७ गते शुक्रबार एशियन भिलेज रिसोर्ट बुटवलमा बोलाएको हो।

साधारणसभाबाट बैंकले भार्गव र पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्न दुबैं बैंकको चल अचल सम्पतिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमुल्य (स्वाप रेशियो) समेत निर्धारण गर्ने भएको छ । 

साधारण सभाबाट दुइ बिकास बैंकलाई प्राप्ति गर्ने सम्झौता बमोजिम आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निबेदन दिन तथा अवश्यक सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।


त्यस्तै बैंकले एक्वीजिसनपश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत सभाबाट अनुमोदन गराउने भएको छ । बैंकले आफ्नो अधिकृत, जारी र चुक्ता पुँजीबृद्धि गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लैजादै छ ।

भार्गव र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको संस्थापक र सर्बसाधारण समूहको शेयर स्वामित्व परिवर्तन हुने हुँदा सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावपनि बैंकले लैजाँदै छ ।

हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुइ विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकाश बैंक बन्ने भएको छ । एकिकृत बैंकको प्रधान कार्यलय बुटवलमा रहने छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असार १९ गतेदेखि साधारणसभासम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । असार १८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको बिशेष साधारणसभामा भाग लिन पाउनेछन ।

उता भार्गव र पूर्णिमा विकास बैंकले पनि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसंग मिसिने प्रस्ताव गर्दै असार २७ गते एकै दिन विशेष साधारणसभा आब्हान गरेका छन ।

शाइन रेसुङ्गा बैंकसँग बेचिने सहमति गरेपछि हाल भार्गव र पूर्णिमा विकास बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का राखिएको छ । अब एक्वीजिसन सम्बन्धि सम्पूर्ण प्रकृया सकिएपछि मात्र शाइन रेसुङ्गा  डेभलपमेन्ट बैंकको रुपमा शेयर कारोबार खुल्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।