वित्तीय संकट खेपेकाे पाकिस्तानलाई कतारको ३ अर्ब डलर सहयोग

Jun 25, 2019 12:43 PM agency



आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई कतारले ३ अर्ब डलर सहयोग गर्ने भएको छ । यससँगै कतारको पाकिस्तानसँगको आर्थिक सहकार्य ९ अर्ब डलर पुग्नेछ ।

पाकिस्तानको यात्रामा रहेका कतारका शेख तमीम बिन हमदले पाकिस्तानलाई उक्त सहायता प्रदान गर्न र व्यापारलाई बढावा दिनका लागि आश्वासन दिएको बताइएको छ ।

विगत ११ महिनामा कतार पाकिस्तानलाई आर्थिक संकटको सामना गर्नका लागि सहायता प्रदान गर्ने चौथो देश बनेको छ ।

यसअघि चीनले पाकिस्तानलाई ४ अर्ब ६० करोड डलर, साउदी अरबले ३ अर्ब डलर र यूएईले ३ अर्ब डलर ऋण सहायता प्रदान गरेका थिए ।

गत महिना सुस्ताउँदो अर्थतन्त्रलाई टेवा दिन अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) र पाकिस्तानका बीच ३ वर्षका लागि ६ अर्ब डलरको आर्थिक संकट निवारण कोष (बेलआउट प्याकेज) का लागि सम्झौता भएको थियो । यसको मुख्य उद्देश्य पाकिस्तानको वित्तीय अवस्थालाई मजबुत बनाउनु बताइएको थियो । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।