दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टेको फ्रेन्चाइज रेष्टुरेण्ट नेपाल आउने

Jun 25, 2019 05:03 PM merolagani



दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट लोट्टेरिया नेपालमा पनि संचालनमा आउने भएको छ । जसका लागि लाट्टे जीआरएस र हिमालय एनके बीच मंगलबार सम्झौता भएको छ ।

नेपालमा लोट्टेको फ्रेन्चाइज संचालनका लागि दुवै कम्पनीका प्रमुखबीच ब्यावसायिक सम्झौता गरिएको हो । सम्झौताका लागि दक्षिण कोरियाबाट लाट्टेका ग्लोबल सिईओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल नेपाल आएका थिए ।

४० बर्षदेखि संचालित लोट्टेरिया हाल दक्षिण कोरिया सहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया तथा लाओास लगायतका देशहरुमा १६ सय भन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट संचालनमा रहेका छन् । लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात छ ।

लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आर्कषण गर्ने दाबी हिमालयन एनके का अध्यक्ष बिनोद कुँवरको छ ।

लोते गु्रपमा अहिले ६० हजार भन्दा बढीले रोजगारी गरिरहेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।