दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टेको फ्रेन्चाइज रेष्टुरेण्ट नेपाल आउने

Jun 25, 2019 05:03 PM merolagani



दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट लोट्टेरिया नेपालमा पनि संचालनमा आउने भएको छ । जसका लागि लाट्टे जीआरएस र हिमालय एनके बीच मंगलबार सम्झौता भएको छ ।

नेपालमा लोट्टेको फ्रेन्चाइज संचालनका लागि दुवै कम्पनीका प्रमुखबीच ब्यावसायिक सम्झौता गरिएको हो । सम्झौताका लागि दक्षिण कोरियाबाट लाट्टेका ग्लोबल सिईओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल नेपाल आएका थिए ।

४० बर्षदेखि संचालित लोट्टेरिया हाल दक्षिण कोरिया सहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया तथा लाओास लगायतका देशहरुमा १६ सय भन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट संचालनमा रहेका छन् । लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात छ ।

लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आर्कषण गर्ने दाबी हिमालयन एनके का अध्यक्ष बिनोद कुँवरको छ ।

लोते गु्रपमा अहिले ६० हजार भन्दा बढीले रोजगारी गरिरहेका छन् ।




comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।