रिलायन्स लाइफको बीमा चेतना अभिवृद्धि गर्ने सम्पर्क केन्द्र सञ्चालनमा, २४ सै घण्टा खुला रहने

Jun 27, 2019 11:55 AM Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ।

उक्त सम्पर्क केन्द्रको बीमा समितिका अध्यक्ष, चिरन्जीवि चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष ताराचन्द केडियाले बुधबार एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कम्पनीले सञ्चालनमा ल्याएको केन्द्रबाट ग्राहकवर्ग र रिलायन्स साथी (अभिकर्ता)ले २४ सै घण्टा ३६५ दिनै सेवा प्राप्त गर्न सक्नेछन्। यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता) ले सल्लाह, सुझाव र गुनासा प्रेसित वा प्राप्त गर्न सक्नेछन्।

जसका लागि प्रयोगकर्ताले ४७८७२२४मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट आफ्नो अनुकुल समयमा जानकारी हासिल गर्न सक्नेछन्।

 

नेपालको जीवन बीमा इतिहासमा पहिलोपटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनको विश्वास छ।

उद्घाटन कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कायृकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक सन्तुष्टिलाई मुख्य केन्द्रमा राखेर आफ्नो कम्पनीले काम गर्दै आएको र यस सेवा केन्द्रले थप सहयोग गर्ने बताए।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।