शेयर अनलाईन कारोबार प्रणाली प्रयोगकर्ता ११ हजार, कुन ब्रोकरमा कति छन् ?

Jun 28, 2019 05:48 PM Merolagani



नेप्सेको अनलाईन कारोबार प्रणालीमा आबद्ध हुने शेयर लगानीकर्ताको संख्या ११ हजार भन्दा बढी पुगेको छ। ८ महिना अवधिमा अनलाइन प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या ११ हजार १६० रहेको नेप्सेले जनाएको छ।

नेप्सेको तथ्याङ्कअनुसार ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार १७८ जना रहेका छन्। अरुण सेक्युरिटीजमा सबैभन्दाकम १९ जनाले मात्र अनलाईन युजर लिएका छन्।

ब्रोकरहरुबाट अनलाईन कारोबार प्रणाली लिने औसत संख्या २२३ रहेको छ। जसमध्ये १८ वटा ब्रोकर कम्पनीले औसतभन्दा धेरै संख्यामा खाता खोलेका छन् भने ३२ वटा ब्रोकर कम्पनीमा औसत भन्दा थोरै खाता खुलेका छन्।

ब्रोकर कम्पनीहरु अनलाईन सेक्युरिटीज (४९), भिजन सेक्युरिटीज (३४), दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि (३८) र सुन्धारा सेक्युरिटीज (५२) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या पाँच सय धेरै छ। एक सय भन्दा कम खाता खुला भएका ब्रोकरहरुको संख्या २२ वटा रहेको छ।


नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन भन्दै २०७४ कार्तिक २० गतेदेखि नेप्सेको अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याइएको थियो।

सञ्चालनमा ल्याउने भनिएको पटक पटकको मिति परिवर्तन पश्चात सो मितिबाट उक्त स्वचालित अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा आएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन प्रणालीको उद्घाटन गरेका थिए।

प्रणाली सुरु भएसँगै दास्रो बजारमा शेयर कारोबारका लागिलगानीकर्तालाई ब्रोकर कार्यालय धाउनुपर्ने वाध्यता हटेको छ। इन्टरनेटको पहुँचभएको कुनै पनि स्थानमा रहेर लगानीकर्ताले आफैंले अनलाईन मार्फत शेयर खरिद बिक्री सम्भव भएको छ।

तर अनलाईन कारोबार प्रणालीमा अझै पनि समय समयमा समस्या देखिँदा लगानीकर्तामा निराशा पैदा हुँदै क्रम भने रोकिएको छैन। जसलाई नियामक निकायले समस्या समाधानका साथै लगानीकर्ताको आशा र भरोशालाई जोइराख्न अझ सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।