धितोपत्र बोर्डले निष्काशनमा ल्याएको उक्त सिक्का बोर्डको अनुरोधमा नेपाल सरकारले स्वीकृत गरेपश्चात नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले निष्काशनमा ल्याएको हो।
कुप्रो निकेल धातुको एक सय रुपैयाँ अंकित दरको उक्त सिक्का २९ मिमि डायमिटर र ८.५० ग्राम तौलको रहेको छ।
त्यस्तो सिक्का नियमित चलनचल्तीमा प्रयोगका लागि भने होइन। सम्झनाका लागि मात्र निकालिएको हो।
![](https://images.merolagani.com/Uploads/Repository/636975015697436404.jpg)
बोर्डले निकट भविष्यमा दुई हजार पाँचसय रुपैयाँको सिक्का समेत निकाल्ने बताएको छ। बोर्डले यसअघि नै आफ्नो रजत जयन्ती लोगो अंकित हुलाक टिकट प्रकाशन गरिसकेको जनाएको छ ।