नयाँ जीवन बीमा कम्पनीहरुको बोनस दर सार्वजनिक

Jul 01, 2019 12:10 PM Merolagani

- अरुण पाख्रेन।
गत वर्ष देखि सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरुले धमाधम बोनस दर घोषणा गर्न थालेका छन्। सञ्चालनमा आएका १० जीवन बीमा कम्पनीहरु मध्ये ७ कम्पनीहरुको बोनस दर बीमा समितिबाट स्वीकृत भएर सार्वजनिक गरेको हो।

प्रभु लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले बोनस दर घोषणा गरेका छन्। जसमध्ये अधिकांशले प्रतिहजार ७० रुपैयाँसम्म बोनस दर घोषणा गरेका छन्। कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को लागि नयाँ बोनस दर सार्वजनिक गरेका हुन्। 

प्रभु लाइफ इन्स्योरेन्स (PLIL)ले प्रतिहजार ३० देखि ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को लागि बीमा समितिबाट बैशाख २९ गते स्वीकृति पाएर नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

नौं वर्ष सम्मको बीमालेखको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष सम्मको लागि पनि ३० रुपैयाँ, १५ वर्ष देखि १९ वर्ष सम्मको लागि ४० रुपैयाँ, २० देखि १९ वर्ष सम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ७० रुपैयाँ बोनस दर घोषणा गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स (CLICL)ले ४० देखि ७० प्रतिशतसम्म बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७४/०७५ को जीवन बीमा कोषको बीमाङ्गीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट असार ३ गते स्वीकृत भएपछि इन्स्योरेन्सले त्यस अनुसार मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सम्पुर्ण जीवन बीमा लेखहरुमा बोनस दर कायम गरिएको हो।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधि हेरी प्रति हजार न्यूनतम ४० देखि ५० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ। यस्तै बीमा अवधि हेरी सावधिक तथा आजीवन बीमालेखमा ३५ देखि ५५ रुपैयाँ र सावधिक जीवन बीमालेखमा ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस दर कायम भएको छ ।

ज्योति लाइफ इन्स्योरन्स (jyotilife) ले न्यूनतम ४० देखि ७० प्रतिशत सम्म बोनस घोषणा गरेको छ। बीमा समितिबाट असार ३ गते आर्थिक वर्ष २०७४/०७५ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन स्वीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको सावधिक र सावधिक आजिवनमा ४० रुपैयाँ, १० देखि १४ वर्षसम्म ४१ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ४९ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दर कायम गरिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्स (IMELIFE) ले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । बीमा समितिले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीले ९ वर्ष सम्मको बीमा योजनामा २५ रुपैयाँ , १० देखि १४ वर्षसम्मको लागि २५ रुपैयाँ दिने भएको हो।

त्यस्तै कम्पनीले १५ देखि १९ वर्षसम्म सावाधिकमा ३० रुपैयाँ तथा सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ४५ रुपैयाँ बोनश दिने भएको हो ।

इन्स्योरेन्स कम्पनीले २५ वर्ष वा सोभन्दा माथि सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ७० रुपैयाँ बोनस दिनेछ ।

सन् नेपाल लाइफ इन्स्योरेन्स (SNLICL) ले प्रतिहजार न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । बीमा समितिले असार ६ गते स्वीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको बीमालेखको लागि प्रतिहजार २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमा लेखको लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ र २५ वर्षदेखि माथिको बीमालेखको लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले बीमितहरुलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ। बीमा समितिबाट असार १० गते स्वीकृती पाएपछि कम्पनीले बोनस दर घोषणा गरेको हो।

कम्पनीले ९ वर्ष देखि १४ वर्ष अवधिको रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावाधिक) मा प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष भन्दा बढीको अवधिको लागि ७० रुपैयाँ सम्म बोनस दिने भएको हो।

रिलायन्स सुखमय जीवन बीमा योजना (आजिवन ) १४ वर्षेसम्मको बीमा लेखका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ र २५ वा सो भन्दा माथि लागि ७० रुपैयाँ बोनस दिनेछ ।
यस्तै रिलायन्स धन फिर्ता बीमा योजना अन्तर्गत बीमा अवधिको आधारमा बोनस दर घोषणा गरेको छ । १५ देखि १९ वर्षे अवधिको लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिको बीमाको लागि ५० रुपैयाँ बोनस निर्धारण भएको छ।

सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले बीमितलाई प्रतिहजार ३५ प्रतिशत देखि ६५ प्रतिशतसम्म बोनस दिने भएको छ । आर्थिक वर्ष २०७४/०७५ को लागि बीमा समितिबाट असार ३ गते इन्स्योरेन्सको बोनस दर स्वीकृत भएको हो ।

इन्स्योरेन्सले २५ वर्ष वा सोभन्दा बढी अवधिको सावाधिक, सावाधिक तथा आजिवन बीमा योजनामा ६५ प्रतिशत, २० देखि २४ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४५ प्रतिशत, १५ देखि १९ वर्षसम्म सावाधिक, अग्रिम भुक्तानी सावाधिक र सावाधिक तथा आजिवन बीमा योजनामा ४० प्रतिशत र १४ वर्षसम्म ३५ रुपैयाँ बोनस दर सार्वजनिक गरेको हो ।

तीन कम्पनीहरु महालक्ष्मी लाईफ, युनियन तथा रिलायबल लाईफको बोनसदर सार्वजनिक नभएकाले यहाँ उल्लेख गरिएको छैन।

  • बोनस दर के हो र कसरी वितरण गरिन्छ ?

बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दर घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमाङ्कको रकममा निर्भर रहने गर्छ ।

बोनस वितरण गर्दा मृत्युदर, बीमा कम्पनीको खर्च र भविष्यमा तिर्नुपर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटायर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पूँजी स्रोतमा तिर्नुपर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले वर्षभरिमा संकलन गरेको बीमाङ्क रकमको आधारमा प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुनसक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।