पुर्नबीमा कम्पनीको लगानी योग्य रकम चार अर्ब, ६० प्रतिशत मुद्धति निक्षेपमा राख्ने

Jul 03, 2019 12:39 PM merolagani



नेपाल पुर्नबीमा कम्पनीसंग ४ अर्व रुपैयाँ भन्दा बढी लगानी योग्य रकम रहेको छ । बीमा समितिले जारी गरेको बीमकको लागि लगानी निर्देशिका २०७५ अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत तथ्यांक अनुसार सो बराबरको लगानी योग्य रकम देखिएको हो ।

निर्देशिका अनुसार पुर्नबीमा कम्पनीको बीमाङ्कीय मूल्यांकन प्रतिबेदनमा बीमालेख अन्र्तगत देखाएको दायित्व, खुद दाबी वापतको व्यवस्था र असमाप्त जोखिम वापतको रकमको योग नै टेक्निकल रिर्जभ फण्ड हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीको चालु दायित्व ९८ करोड ५६ लाख रुपैयाँ, असमाप्त जोखिमको वापतको व्यवस्था २ अर्ब ४५ करोड १६ लाख रुपैयाँ र भुक्तानी हुन बाँकी दाबी वापतको व्यवस्था ५८ करोड ७४ लाख रुपैयाँ गरी कुल ४ अर्ब २ करोड ४६ लाख रुपैयाँ लगानी योग्य रकम छ । यो चालु आर्थिक वर्षको तेस्रो त्रैसास सम्ममा अपरिष्कृत तथ्यांक हो ।

बीमकको लगानी निर्देशिका अनुसार नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त ‘क’ वर्गको बैंकमा कुल टेक्निकल रिर्जभको ४० प्रतिशत र ‘ख’ वर्गको बैंकमा २० प्रतिशत सम्म मुद्धति निक्षेपमा लगानी गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस अनुसार पुर्नबीमा कम्पनीले कोषमा रहेको लगानीयोग्य रकम मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बाणिज्य बैंक र विकास बैंकहरुको २ बर्षे मुद्धति निक्षपमा लगानी गर्ने भएको हो ।

त्यसको लागि कम्पनीले बैंकहरुलाई पूँजी कोष, निष्कृय कर्जा, सिडिसि रेसियो, तरलता अनुपात जस्ता वित्तिय सुचकहरु खुलाई तोकिएको ढाँचामा असार २४ गतेभित्र गोप्य शिबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

बोलपत्र आवेदन पेश गर्दा प्रस्तावित ब्याजदरको मन्य अवधि न्युनतम १५ दिन हुनुपर्ने सूचनामा उल्लेख छ ।

बाणिज्य बैंकहरुको हकमा पूँजीकोष ८ अर्ब वा बढि हुनुपर्नेछ भने प्रतिशेयर किताबी मूल्य १२० प्रतिशत हुनुपर्नेछ । त्यस्तै विकाश बैंकहरुको हकमा पुँजीकोष न्युनतम ३ अर्ब र प्रतिशेयर किताबी मूल्य १२० प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको अनुरुपको वित्तीय सूचांक नभएको बाणिज्य बैंक तथा विकास बैंकहरुलाई प्रतिस्पर्धामा सहभागि नगराइने कम्पनीले जनाएको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।