प्रिमियर इन्स्योरेन्सको बोनस पश्चात शेयरमूल्य समायोजन

Jul 05, 2019 11:37 AM Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) को असार २० गते नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको ८४ प्रतिशत बोनस शेयर पश्चात नेप्सेले शुक्रबार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१३ रुपैयाँ ४ पैसा कायम गरेको छ। नेप्सेमा गत १८० दिनको कारोबार अनुसार इन्स्योरेन्सको औसत आधार मूल्य भने ६६४ रुपैयाँ ५२ पैसा कायम भएको छ।

शुक्रबार शेयर कारोबार नहुने भएकोले कम्पनीको शेयर कारोबार असार २२ गते आइतबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ।

कम्पनीले बोनस शेयर वितरण तथा साधारण सभा प्रयोजनको लागि शुक्रबार बुकक्लोज गरेको होे। बुकक्लोजसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

इन्स्योरेन्सले मर्जर तथा बोनस वितरण गर्ने प्रस्ताव पारित गर्न असार ३१ गते २५ औ वार्षिक साधारण सभा आब्हान गरेको छ। बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार १ अर्बमाथि पुग्नेछ।