प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभिने, वार्ता सहमति नजिक

Jul 05, 2019 02:14 PM merolagani



ग्लोवल आइएमई बैंक र जनता बैंकवीच मर्जर भएपछि अर्को जोडी बैंकको पनि चर्चा चुलिएको छ । प्राइम कमर्सियल बैंकले कैलाश बिकास बैंकलाई प्राप्ति गर्ने बिषय अन्तिम अवस्थामा पुगेको श्रोतको भनाई छ ।

 दुबै बैंकका तर्फवाट भएको बार्ता निष्कर्ष उन्मुख भएको बताइएको छ ।

एक दुइ दिनभित्र सम्झौतापत्रमा हस्ताक्षर हुनसक्ने बुझिएको छ ।

प्राइक कमर्सियल बैकका  एक सन्चालक सदस्यले साधारण सभापछि कैलाशसँग कुरा थालिएको जानकारी दिए ।

ओम डेभलपमेन्ट बैंकसंग मर्जरको प्रस्ताव भाँडिएपछि प्राइम बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय  संस्था रोज्ने क्रममा कैलाशलाई रोजेको हो ।

प्राइमको गत जेठमा सम्पन्न एघारौ बार्षिक साधारणसभाले हाल १० अर्ब रूपैयाँ रहेको अधिकृत पुँजी बृद्धि गरी २२ अर्ब रूपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।