मोबाइल मेलामा मोबाइल खरिद गर्दा एक लाख बराबरको निशुल्क जीवन बीमा

Jul 05, 2019 04:28 PM merolagani



राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ बराबरको बीमा निशुल्क पाउने भएका छन् ।

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्ग स्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा साथै सि टि भी मोबाईल ताम्राकार कम्प्लेक्स पाको न्युरोडमा जुनसुकै ब्राण्डको नयाँ मोबाइल किन्दा सो सुविधा पाउने आयोजकले जनाएको छ ।

मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लानसँगै एक लाख बराबरको जीबन बीमा निशुल्क पाउने सिटीसी मोबाईल हबका प्रबन्धक आस्मिन भन्डारीले भने । मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल,ल्यापटप,क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिने भन्डारीले जानकारी दिए ।

त्यस्तै मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्यप्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँमोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर पनि जारी छ ।

साथै एसइई उर्तिण विधार्थीका लागि ५० प्रतिशत छुटमा मोबाइल किन्ने सुविधा समेत रहेको छ । एसइईका विधार्थीले आईमार्स भि सन् ६ , मिल्की वेए एम टु र नुबिया जेट मिनी १७, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् । त्यसै गरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लस लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

मेला अवधि भरी हरेक मोबाईलको खरिदमा एफ क्युब सिनेमा र सिने डीसि को मुभि टिकेट लगायत हात खाली नहुने गिफ्ट ह्याम्परका साथै भिजिटर लाई हरेक दिन लक्की ड्र बाट स्मार्ट फोन र विभिन्न आर्कषक उपहार वितरण गरिने आयोजकले जनाएको छ ।

मोबाईल मेला असारमसान्तसम्म संचालन हुनेछ ।

 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।