दुई वाणिज्य बैंक र एक विकास बैंकको शेयर कारोबार रोक्का

Jul 07, 2019 10:05 AM merolagani



नेपाल स्टक एक्सचेन्जमा आजदेखि दुई वाणिज्य बैंक र एक विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि यी बैंकहरुको आइतबारदेखि  कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको आजदेखि शेयर कारोबार रोक्का भएको हो ।

गत शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्झौता भएको थियो । त्यस्तै सोही दिन प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो ।

कारोबार रोक्का भएको यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा शेयर कारोबार खुला हुनेछ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।