दुई वाणिज्य बैंक र एक विकास बैंकको शेयर कारोबार रोक्का

Jul 07, 2019 10:05 AM merolagani



नेपाल स्टक एक्सचेन्जमा आजदेखि दुई वाणिज्य बैंक र एक विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि यी बैंकहरुको आइतबारदेखि  कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको आजदेखि शेयर कारोबार रोक्का भएको हो ।

गत शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर सम्झौता भएको थियो । त्यस्तै सोही दिन प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो ।

कारोबार रोक्का भएको यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा शेयर कारोबार खुला हुनेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।