मर्जर प्रकृयामा जाँदा कम्तिमा १५ वाणिज्य बैंकको शेयर कारोबार रोकिन सक्ने

Jul 08, 2019 10:20 AM Merolagani



नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान दबाब सिर्जना गरेसँगै सो सम्बन्धि प्रारम्भिक समझदारी गर्दा कम्तिमा १५ वाणिज्य बैंकको शेयर कारोबार रोकिन सक्ने सम्भावना देखिएको छ।

सोमबारसम्म तीनवटा वाणिज्य बैंकको मर्जर सम्झौताले शेयर कारोबार रोकिएको छ । राष्ट्र बैंकमा मर्जर प्रतिबद्धता ब्यक्त गर्ने अन्य एक दर्जन वाणिज्य बैंकको पनि सम्झौतापछि शेयर कारोबार रोकिनसक्ने अवस्था आउने सम्भावना देखिएको हो।

मर्जरका कारण अहिलेसम्म एनएमबि, ग्लोबल आईएमई र जनता बैंकको शेयर कारोबार रोक्का भैसकेको छ। नेपाल राष्ट्र बैंकमा आइतबारसम्म मर्जरको लिखित प्रतिबद्धता ब्यक्त गर्ने वाणिज्य बैंकहरुको संख्या १५ पुगेको छ।

यसरी प्रतिबद्धता व्यक्त गर्ने बैंकहरुमा एनएमबी बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सेञ्चुरी बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, हिमालयन बैंक, एनसीसी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।

राष्ट्र बैंकले असार २७ गते ल्याउन लागेको मौद्रिक नीति अगाडि नै मर्जरका बारेमा ठोस लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएपछि मर्जरमा आफूहरू तयार रहेको र मर्जर समिति गठन गरिएको जानकारी सहितको लिखित प्रतिबद्धता लिएर बैंक तथा वित्तीय संस्थाहरु धमाधम नेपाल राष्ट्र बैंक पुग्न थालेका हुन्।

राष्ट्र बैंकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक र लघुवित्त बैंकर्स संघले पनि मर्जर तथा एक्विजिशनमा जान प्रतिबद्ध रहेको भन्दै केन्द्रीय बैंकमा प्रतिबद्धता जनाएको छ।

बैंकहरुले धमाधम आफ्नो सञ्चालक समितिको बैठक राखेर साझेदार खोजी दुई पक्षिय र बहुपक्षीय छलपफहरु तीब्र पारिरहेका छन्। उनीहरुमध्ये केहिले असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगावै मर्जर सम्झौता गर्नसक्ने बलियो सम्भावना छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।