नागरिक लगानी कोषको कर्जा भुक्तानी अनलाइनबाट गर्न सकिने

Jul 09, 2019 03:28 PM merolagani



नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यमबाट गर्न सकिने भएको छ। अनलाइन भुक्तानीलाई सहजीकरण गराउन कोष र हिमालयन बैंक कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमा आवद्ध भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितिमा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल, हिमालयन बैंकका तर्फबाट कार्यकारी संचालन अधिकृत मृगेन्द्र प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत वृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ।

नागरिक लगानी कोषको कनेक्ट आईपीएस पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।

यसका निम्ति ऋृणीले कनेक्ट आईपीएस प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सकिनेछ ।

ऋृणीले कनेक्ट आईपीएसको बेवसाइटमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।