मेरो शेयरमा निरन्तर समस्या आएपछि धितोपत्र बोर्डले माग्यो स्पष्टिकरण

Jul 09, 2019 06:22 PM Merolagani



सिडिएस एण्ड क्लियरिङ्गको अनलाइन शेयर आवेदन प्रणाली मेरो शेयर सफ्टवेरमा निरन्तर समस्या देखिएपछि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ्गसँग स्पष्टिकरण माग गरेको छ ।

बोर्डले लगानीकर्ता तथा विभिन्न सञ्चार माध्यमबाट समेत सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो शेयरबाट सार्बजानिक निष्काशनमा आवेदन गर्न समस्या भएको भन्ने गुनासो आएकाले ३ दिनभित्र के भएको हो स्पष्टिकरण बुझाउन धितोपत्र बोर्डको सुपरिवेक्षेण तथा अनुसन्धान विभागले निर्देशन दिएको हो।

 

बोर्डले मेरो शेयर सफ्टवेरबाट सार्बजानिक निष्काशनमा बारम्बार देखिएको समस्या सामाधान गर्न सिडिएस एण्ड क्लियरिङ्गसँग त्रुटी सुधारको योजना समेत माग गरेको छ।

सिडिएस एण्ड क्लियरिङ्गको अनलाइन शेयर आवेदन प्रणाली मेरो शेयरमा लगइन नहुने तथा लगइन भएपनि शेयर आवेदन गर्न विभिन्न समस्याहरु देखिँदै आएको सम्बन्धमा मेरोलगानीले असार २२ गते आइतबार समाचार सम्प्रषण गरेको थियो । समाचार लगत्तै नियामक निकायले अग्रसरता लिएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।