नेपालमा युवा उद्यमशीलता सम्मेलन हुँदै, मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

Jul 10, 2019 01:23 PM Merolagani



आगामी साउन २७ र २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ हुने भएको छ। सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक हुने भएको छ।

प्रायोजक बस्ने बिषयमा र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

मुख्य प्रायोजक भए बापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने छ।सम्मेलनको उद्घाटन प्रधानमन्त्री के.पी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा उद्यमशीलतामा रूची राख्ने युवा, विद्यार्थीहरू, युवा उद्यमीहरू, लगानीकर्ताहरू, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३ हजार युवा उद्यमीहरूको सहभागीता आयोजकको अनुमान छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।