सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न पायो ग्रेड ४ रेटिङ्ग

Jul 11, 2019 02:37 PM Merolagani



जीवन बीमा कम्पनी सूर्य लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ । कम्पनीले ८८ करोड ७४ लाख रूपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ्ग  प्रदान गरेको हो ।

सूर्य लाइफले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर एघारौ साधारणसभाबाट पारित गराइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाइसकेको छ ।

तर कम्पनीले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति भने तय गरेको छैन ।

यसअघि ४० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनश शेयर वितरण गरी १ अर्ब २६ करोड ?पैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन शेयरधनीहरूलाई थप ७० प्रतिशत हकप्रदको भारी बोकाउन लागेको हो ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बीमा समितिले तोके भन्दा धेरै २ अर्ब १५ करोड रूपैयाँ हाराहारी पुग्नेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।