सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न पायो ग्रेड ४ रेटिङ्ग

Jul 11, 2019 02:37 PM Merolagani



जीवन बीमा कम्पनी सूर्य लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ । कम्पनीले ८८ करोड ७४ लाख रूपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ्ग  प्रदान गरेको हो ।

सूर्य लाइफले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर एघारौ साधारणसभाबाट पारित गराइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाइसकेको छ ।

तर कम्पनीले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति भने तय गरेको छैन ।

यसअघि ४० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनश शेयर वितरण गरी १ अर्ब २६ करोड ?पैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन शेयरधनीहरूलाई थप ७० प्रतिशत हकप्रदको भारी बोकाउन लागेको हो ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बीमा समितिले तोके भन्दा धेरै २ अर्ब १५ करोड रूपैयाँ हाराहारी पुग्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।