एक अर्ब ४० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ सञ्चालनमा आउने

Jul 12, 2019 02:15 PM merolagani



सिद्धार्थ बैंकको साहायक कम्पनी सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ योजनाको १४ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ करोड ४० लाख रुपैयाँ बराबरको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार २६ गते अनुमति पाएको हो ।

सिद्धार्थ क्यापिटल अन्तरर्गत सञ्चालन हुने यो चौथो म्युचुअल फन्ड हो ।

हाल सिद्धार्थ क्यापिटल मार्फत सञ्चालीत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम परिपक्क भइ खारेज भइसकेको छ भने सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इक्विटी फन्ड सञ्चालनमा रहेका छन् ।

हाल शेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका १५ वटा सामुहिक लगानी कोषहरु सञ्चालनमा रहेका छन ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।