एक अर्ब ४० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ सञ्चालनमा आउने

Jul 12, 2019 02:15 PM merolagani



सिद्धार्थ बैंकको साहायक कम्पनी सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ योजनाको १४ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ करोड ४० लाख रुपैयाँ बराबरको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार २६ गते अनुमति पाएको हो ।

सिद्धार्थ क्यापिटल अन्तरर्गत सञ्चालन हुने यो चौथो म्युचुअल फन्ड हो ।

हाल सिद्धार्थ क्यापिटल मार्फत सञ्चालीत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम परिपक्क भइ खारेज भइसकेको छ भने सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इक्विटी फन्ड सञ्चालनमा रहेका छन् ।

हाल शेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका १५ वटा सामुहिक लगानी कोषहरु सञ्चालनमा रहेका छन ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।