म्युचुअल फण्ड कस्ता लगानीकर्ताका लागि उचित ? १३ फण्डको अवस्था यस्तो

Oct 17, 2018 Merolagani

धितोपत्र बजारमा फरक लगानीको श्रोतका रुपमा रहेकोे म्युचुअल फण्डमा लगानी गर्न धेरै पूँजीको आवश्यकता पर्दैन । न्यून आय श्रोत भएका अनि दोस्रो बजारमा सक्रिय रुपमा सेयरको कारोबार नगर्ने व्यक्तिले म्युचुअल फण्डमा लगानी गरेर आम्दानीको दायरा बढाउन सक्छन् ।

धैरै लागनीकर्ताहरु मिलेर सामूहिक रुपमा लगानीको मुनाफा तथा जोखिम वहनका लागि स्थापित कोष नै म्युचुअल फण्ड हो । 

व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ता बाट संकलित बृहत्तर कोष नै म्युचुअल फण्ड हो । नेपालमा म्युचुअल फण्डलाई व्यवस्थापन गर्न धितोपत्रबोर्डले म्युचुअल फण्ड नियमावली २०६७, म्युचुअल फण्ड निर्देशिका २०६९ बाट निर्देशन गर्दै आएको छ । वैकल्पिक लगानी कोष नियमावली २०७५ को मस्यौदा तयार भैसकेको छ । 

एक हजार रुपैयाँ देखि लगानी गर्न सकिने भएकाले थोरै लगानीबाट लाभ लिन म्युचुअल फण्ड आम लगानीकर्ताका लागि उचित माध्यम बन्न सक्छ । फण्ड संचालक तथा व्यवस्थापकले कोषको रकम जुटाउन सर्वसाधारणलाई फण्डको सानो सानो एकाई बिक्री गर्ने गर्छ ।

साधारणतया म्युचुअल फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ आधार मानेर बिक्री गरीएको हुन्छ । म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ता शेयर बजारमा जस्तो लगानी डुब्ने, नोक्सानी ब्यहोर्नु पर्ने लगायतका डरको अवस्थामा रहनु पर्दैन ।

साथै म्युचुअल फण्डहरुसँग लगानीको विविधिकरण र कर छुट सुविधाले सामान्य लगानीकर्तालाई सहज बनाउँछ । साथमा दोस्रो बजारमा सहज रुपमा खरिद बिक्री गर्न सकिने भएकाले पनि लगानीकर्तालाई सहज हुन्छ ।

म्युचुअल फण्ड कुनै कम्पनीको मातहातमा नभई मर्चेट बैंकहरु अन्तर्गत सञ्चालन हुन्छन । यस्ता फण्डहरुले शेयर बजार, ऋणपत्र, बन्ड र मुद्धती निक्षेपमा लगानी गरी मुनाफा आर्जन गर्ने गर्छन् ।

खुल्लामुखी म्युचुअल फण्ड र बन्दमुखी म्युचुअल फण्ड गरी दुई प्रकारका फण्ड अहिले प्रचलनमा छन् । नेपालको सन्दर्भमा भने बन्दमुखी फण्डहरु मात्र सञ्चालनमा छन् ।

खुल्लामुखी म्युचुअल फण्डः

खुल्लामुखी म्युचुअल फण्डमा सञ्चालन अवधिको समयसीमा निर्धारण गरिएको हुदैन । यस प्रकारको फण्डका इकाईको दोस्रो बजारमा कारोबार हुँदैन । अर्थात नेपालको सन्दर्भमा यस्तो फण्डका इकाई नेप्सेमा सूचीकृत हुन जरुरी छैन ।

यस्तो फण्डमा माग गरे अनुसारको इकाईमा अझै थप गरी कारोबार गर्न सकिन्छ । यस्ता फण्डले बिक्री गर्ने इकाईको निश्चित संख्या पनि हुँदैन । लगानीकर्ताले फण्डको इकाई बेच्न चाहेको खण्डमा कोष स्वयमले उक्त समयको खुद सम्पत्तिमा केहि रकम घटाएर कारोबार गराउँछन् ।

नेपालको सन्दर्भमा अहिलेसम्म यस्तो किसिमका फण्डहरु सञ्चालनमा आएका छैनन् । एनआईबिएल एस क्यापिटलले यस्तो किसिमको एउटा फण्ड सञ्चालनको तयारी गरिरहेको छ । उक्त फण्ड सञ्चालनमा आएको खण्डमा लगानीकर्ताले खुल्लामूखी फण्डमा लगानीको अनुभव बटुल्न पाउने छन् ।

बन्दमुखी म्युचुअल फण्डः

बन्दमुखी म्युचुअल फण्ड सञ्चालन अवधि तोकिएर सञ्चालनमा आउँछ । सर्वसाधारणमा इकाई निष्काशन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रति इकाई १० रुपैंयाका दरले इकाई निष्काशन हुन्छ । सर्वसाधारणमा इकाई निष्काशन भए पछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरु सूचीकरण गराइन्छ ।

यस प्रकारको फण्डमा साधारणतया ५ बर्ष देखि १५ बर्षको अवधि तोकिएको हुन्छ । नेपालको सन्दर्भमा धेरै फण्डहरु ७ वर्ष अवधिको समयका लागि सञ्चालनमा छन् । अहिले नेप्सेमा १३ वटा बन्दमूखी म्युचुअल फण्डहरु सूचीकृत भई नियमित रुपमा इकाईहरुको कारोबार भईरहेको छ ।

किन म्युचुअल फण्ड ?

दोस्रो बजारका बारेमा जानकारी छैन तर सेयर बजारमा लगानी गर्ने चाहना छ भने म्युचुअल फण्ड सही माध्यम हो । फण्ड सञ्चालकहरुले लगानीका क्षेत्रहरुको अध्ययन तथा सो सम्बन्धि निर्णय गर्नका लागि विज्ञहरु खटाएका हुन्छन् । उनीहरुले फण्डका लगानीकर्ताको पैसा कहाँ कसरी लगानी गर्ने भन्ने उचित निर्णय लिन्छन् ।

यसरी सामान्य व्यक्ति, जो सेयरमा लगानी गर्न चाहन्छ । उसले फण्डमा लगानी गर्दा बजारको बारेमा अनावश्यक तनाव लिनु पर्दैन । दोस्रो बजारमा सेयर कारोबार गर्दा सामान्य व्यक्तिलाई ठुलो नोक्सान हुन सक्छ, नाफा धेरै आउने सम्भावना आक्कल झुक्कल मात्र हुन्छ ।

यस्तो अवस्थामा म्युचुअल फण्डमा गरिएको लगानी नोक्सानमा जाँदैन । वार्षिक रुपमा लगानीकर्ताले पाउने प्रतिफलको दरमा मात्र फरक पर्न जान्छ । अहिले हल्लाको भरमा दोस्रो बजारमा भएभरको लगानी गरेर फसेका सामान्य लगानीकर्ताको भिडमा उभिनु पर्ने अवस्था म्युचुअल फण्डका लगानीकर्तालाई आउँदैन ।

दोस्रो बजारमा लगानी गर्न धेरै रकम आवश्यक पर्छ भने म्युचुअल फण्डमा लगानी गर्न सानो रकम भए पुग्छ । दोस्रो बजारमा गरिने लगानीको तुलनामा यो रकम घट्ने सम्भावना कम हुन्छ । दीर्घकालिन लगानी गर्दा यस्तो सम्भावना रहँदैन भन्दा फरक पर्दैन ।

भदौमा आठ म्युचुअल फण्डको एनएभी सुधारिँदा ५ वटाको घट्यो

हाल नेपाल स्टक एक्सचेञ्जमा १३ वटा म्युचुअल फण्ड सूचीकृत भएका छन् । सूचीकृत सबै फण्डहरुले भदौ महिनाको वित्तीय विवरण सार्वजनीक गरी सकेका छन् । जस मध्ये ८ वटा म्युचुअल फण्डको एनएभी आधारभुत मूल्य १० रुपैंयाभन्दा माथि छ भने ५ वटा फण्डहरुको एनएभी आधारभुत मुल्य भन्दा तल झरेको छ ।
दोस्रो बजारमा सूचीकृत भएर कारोबार भई रहेका यकाईको नियमित कारोबार गर्ने लगानीकर्ताहरुलाई उल्लेखित एनएभीले धेरै असर पार्छ । लामो समयका लागि लगानी गर्नेहरुले यो सूचकमा छोटो समयमा हुने उतारचढावबाट आत्तिनु पर्दैन ।

एनएमबि म्युचुअल फण्ड अन्र्तगत सञ्चालमा रहेका दुवै फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) आधारभूत मूल्य भन्दा माथि छ । एनएमबि सुलब इन्भेष्टमेन्ट फण्ड–१ को एनएभी सबै भन्दा धेरै १३ रुपैयाँ ५४ पैसा र एनएमबि हाईब्रिड फण्ड एल–१ को १० रुपैयाँ ५२ पैसा छ । त्यसैगरी भदौ महिनामा एनआईबिएल समृद्धि फण्ड–१ को एनएभी १० रुपैयाँ ३९ पैसा, सिद्धार्थ इक्युटी ओरियन्टड स्कीमको नाभ १० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

साथै लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालू फण्ड–१ को भदौ मसान्तको एनएभी १० रुपैयाँ ९५ पैसा छ । सानिमा क्यापिटलको सानिमा इक्युटी फण्डको भदौको एनएभी १० रुपैयाँ ३८ पैसा छ । सिटिजन्स म्युचुअल फण्ड –१ को भदौ महिनाको नाभ १० रुपैयाँ ४१ पैसा छ भने एनआईसी एसिया ग्रोथ फण्डको एनएभी १० रुपैयाँ ३५ पैसा छ ।

यता भदौ मसान्तमा प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) सबै भन्दा थोरै भएको एनआईबिएल प्रगति फण्डको ८ रुपैया छ भने सिद्धार्थ इक्वीटीको ८ रुपैयाँ ८ पैसा छ । लक्ष्मी इक्युटी फण्डको एनएभी ८ रुपैयाँ ८२ पैसामा सिमित छ ।

यता ग्लोबल आएमई क्यापिटलमार्फत सञ्चालनमा रहेको ग्लोबल आइएमई मसुन्नत योजना–१ को भदौ महिनाको एनएभी ८ रुपैयाँ ८ पैसा छ भने नविल इक्युटी फण्डको एनएभी ८ रुपैयाँ ७१ पैसा छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।