दशैं पछि के होला शेयर बजार ? ५ वर्षको ‘ट्रयाक रकेर्ड’ले गर्ने संकेत

Oct 03, 2025 06:24 PM mero lagani



राजनीतिक द्धन्द र कोरोना भाइरस महामारी वा भूकम्प जस्ता प्राकृतिक विपत्ती बाहेक नेपालमा दशैं विदा शेयर बजार बन्द हुने सबैभन्दा लामो समय हो । 

त्यसक्रममा दशैं शुरु हुनुभन्दा धेरै अगाडिदेखि नै शेयर बजारमा ‘दशैंपछि के होला ?’ भन्ने चर्चा शुरु हुन्छ । यस वर्ष पनि लगानीकर्ताहरु पछि ‘दशैंपछि’को आश (र, केही मात्रामा त्रास पनि) देखिन्छ । साँच्चै कस्तो होला, दशैंपछिको शेयर बजार ?

 

भनिन्छ, नेपाली राजनीति र शेयर बजारको गति र नियतिको भविश्यवाणी गर्न नामुद ज्योतिषीहरुले पनि चुनौतिपूर्ण मान्छन् । पछिल्लो पाँच वर्षको शेयर बजारको ‘टे्ण्ड’ र ‘ट्रयाक रकेर्ड’ भने यस्तो छ ।

विसं २०७७ मा फूलपाती अघि नेप्से ३० अंकले बढेको थियो र दशैं लगत्तै पछि १५८ अंकले बढेको थियो ।

विसं २०७८ मा फूलपाती अघि १७३ अंकले घटेको थियो र दशैं लगत्तै पछि १९० अंकले बढेको थियाे। 

विसं २०७९ मा फूलपाती ८६ अंकले घटेको थियो, दशैं लगत्तै पछि १११ अंकले बढेको देखिन्छ।

विसं २०८० मा फूलपाती अघि ११९ अंकले घटेको थियो, दशैं लगत्तै पछि ४ अंककाे झिनो मात्र सुधार भएको थियो ।

विसं २०८१ मा फूलपाती अघि ३० अंक र दशैं लगत्तै पछि ७० अंकले बजार बढेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।