प्रोग्रेशिभ फाइनान्समा किशोर महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

Jul 17, 2019 12:54 PM Merolagani

प्रोग्रेशिभ फाइनान्सको असार २९ गते सम्पन्न एक्काइसौं तथा बाइसौं वार्षिक साधारण सभाबाट किशोर कुमार महर्जनको अध्यक्षतामा ६ सखस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ।

सभाले संस्थापक समूहबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन एवं शम्भुलाल डंगोल तथा सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवं श्रीमति सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरेका थिए। 

साधारण सभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिको सहमतिय बैठकले किशोर कुमार महर्जनलाई पुनःअध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ।

सो साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५को वासलात, नाफा नोक्सानहिसाब र नगदप्रवाहविवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७५।७६का निम्तिबाह्य लेखापरीक्षकका रुपमा एस.एम.सी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफमा प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामीदिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।