फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३१ प्रतिशतले बढ्यो

Jul 18, 2019 11:23 AM Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको अधिकांश सूचकहरुमा आकर्षक बढोत्तरी भएको छ भने खुद नाफा ३१.३१ प्रतिशतले बृद्धि भएको हो ।

लघुवित्त कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा १३ करोड ३२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड १७ लाख ६४ हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यस अवधिमा ५ अर्ब १४ करोड ४२ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट कम्पनीको खुद ब्याज आम्दानी २१ करोड २३ लाख पुगेको छ। गत आवको यसै अवधिमा लघुवित्तले १६ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी ६८ करोड ४३ लाख छ भने जगेडा कोषमा २३ करोड १४ लाख रुपैयाँ संचित छ। यस्तै राब कर्जा अनुपात शुन्य प्रतिशत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १९.२७ गुणा छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।