एनएमबी म्युचुअल फण्डको एक अर्ब २० करोडको ईकाई बिक्रीमा आउने

Jul 21, 2019 08:02 AM Merolagani



एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी फिप्टीको १२ करोड ईकाई बिक्रीमा ल्याउने आब्हान पत्र जारी गरेको छ ।

कम्पनीले प्रति ईकाई १० रुपैयाँका १२ करोड ईकाई साउन १३ गतेदेखि बिक्रीमा ल्याउने भएको हो । यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् ।

एनएमबी फिप्टी बन्दमुखी योजना हो जसले शेयर बजारमा अबमूल्यन भएका ५० वटासम्म कम्पनीहरुमा लगानी गरी उच्चतम प्रतिफल हाँसिल गर्ने लक्ष्य लिएको छ । ईकाईधनीलाई प्रतिफलको ग्यारेन्टी गरिएको छैन तर तिरन्तर लाभ प्राप्त गर्नेमा कोष ब्यवस्थापकको ध्यान केन्द्रित  हुने जनाइएको छ । यसले स्थितर आय उपकरणमा पनि लगानी गर्ने उल्लेख गरिएकोे छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।