एनएमबी म्युचुअल फण्डको एक अर्ब २० करोडको ईकाई बिक्रीमा आउने

Jul 21, 2019 08:02 AM Merolagani



एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी फिप्टीको १२ करोड ईकाई बिक्रीमा ल्याउने आब्हान पत्र जारी गरेको छ ।

कम्पनीले प्रति ईकाई १० रुपैयाँका १२ करोड ईकाई साउन १३ गतेदेखि बिक्रीमा ल्याउने भएको हो । यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् ।

एनएमबी फिप्टी बन्दमुखी योजना हो जसले शेयर बजारमा अबमूल्यन भएका ५० वटासम्म कम्पनीहरुमा लगानी गरी उच्चतम प्रतिफल हाँसिल गर्ने लक्ष्य लिएको छ । ईकाईधनीलाई प्रतिफलको ग्यारेन्टी गरिएको छैन तर तिरन्तर लाभ प्राप्त गर्नेमा कोष ब्यवस्थापकको ध्यान केन्द्रित  हुने जनाइएको छ । यसले स्थितर आय उपकरणमा पनि लगानी गर्ने उल्लेख गरिएकोे छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।