लुम्बिनी विकास बैंकको बोनस राष्ट्र बैंकबाट स्वीकृत

Jul 22, 2019 05:25 PM Merolagani



लुम्बिनी विकास बैंकले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको १७ .३५ प्रतिशत बोनस शेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ। बैंकको उक्त लाभांश साउन ५ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको  बैंकले जनाएको छ ।

बैंकको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५४१ प्रतिशत अर्थात ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो।

बैंकले प्रस्तावित बोनसमा लाग्ने करका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। हाल २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैंया नाघ्नेछ।

राष्ट्र बैंकको स्वीकृति पश्चात अब बैंकको साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।