लघुवित्तहरुमा मर्जरको लहर, आशा लघुवित्तले पनि गठन गर्यो मर्जर कमिटी

Jul 25, 2019 09:28 AM Merolagani



वाणिज्य बैंक तथा विकास बैंकहरुमा मर्जरको लहर चलिरहँदा लघुवित्त कम्पनीहरु पनि मर्जरतर्फ आकर्षित हुन थालेका छन्। पछिल्लो समय लघुवित्तहरुको पनि मर्जरमा प्रतिबद्धता आउन थालेपछि लघुवित्तहरुमा पनि मर्जरको लहर देखिएको हो।

यसै क्रममा आशा लघुवित्तले पनि मर्जरमा जानको लागि मर्जर कमिटी गठन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउन चालेको मर्जर तथा एक्वीजिशन सम्बन्धि नीति बमोजिम आशा लघुवित्तले मर्जर तथा एक्वीजिशनको लागि बाटो खुल्ला गरेको हो।

लघुवित्तको मर्जर कमिटीमा सञ्चालक प्रदिप कुमार खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो। कमिटीमा संयोजक खड्का सहित संचालक सुसन शेरचन र प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाल रहेका छन्।

नुवाकोट ककनी–६ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले २८ जिल्लाहरुका ४५ शाखा कार्यहरुहरुबाट सेवा दिँदै आएको छ । हालसम्म लघुवित्तले एक अर्ब ९२ करोड कर्जा लगानी गरी ४९ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

यस्तै पछिल्लो समय  मेरो माइक्रोफाइनान्सले पनि मर्जरमा जान मर्जर कमिटी गठन  गरेको छ ।वोमी लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जरमा जानेगरी सहमति भएको छ। दुबै लघुवित्तलाई मर्जरमा जानको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ। साधना लघुवित्तले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ती गर्नेगरी सम्झौता भइसकेको छ।

चौतारी लघुवित्त र आराम्भ माइक्रोफाइनान्स, जनसेवी लघुवित्त र कालिका लघुवित्तले पनि मर्जर सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भैसकेको छ। मिर्मिरे माइक्रोफाइनान्स, नागवेली लघुवित्त,र किसान माइक्रोफाइनान्स कम्पनी पनि मर्जर सम्झौता गरि एकीकृत कारोबार थाल्ने प्रकृयामा अगाडि बढेका छन्।

यसैगरी नेपाल सेवा लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त, उन्नति माइक्रोफाइनान्स, विजय लघुवित्त, लक्ष्मी लघुवित्त, स्वदेशी लघुवित्त, ग्लोबल आइएमई माइक्रोफाइनान्स, गणपति माइक्रोफाइनान्स लगायतका संस्थाहरुले पनि मर्जरमा जाने प्रस्ताव पारित गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले सक्षम र मर्जरमा गई पुँजी बढाउने लघुवित्त कम्पनीहरु विकास बैंकमा स्तरोन्नति हुन सक्ने व्यवस्था हुन लागेको सुचना सार्वजनिक भएसंगै लघुवित्त कम्पनीहरु मर्जरको बाटो तर्फ आकर्षित भएका हुन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।