प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनीले पनि लाभांश नपाउने, भदौ १ गते साधारण सभा

Jul 29, 2019 08:56 AM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL)) का शेयरधनीले पनि आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कुनै पनि लाभांश नपाउने भएका छना्।

बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अनुरुप कम्पनीले गरेको मुनाफा जगेडा तथा व्यवस्थामा खर्चनुपर्ने भएकाले आर्थिक वर्ष २०७४/०७५ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव नगरिएको कम्पनी सचिब आनन्दबाबु खड्काले जानकारी दिए।

कम्पनी सञ्चालक समितिको साउन १२ गते बसेको १९६ औं बैठकले साधारण प्रस्तावहरु राखेर भदौ १ गते सत्रौं साधारण सभा आह्वान गरेको छ ।

होटल दियालो लर्ड प्लाजा आदर्शनगर वीरगञ्जमा दिनको ३ बजे आह्वान गरिएको साधारण सभामा आर्थिक वर्ष २०७४/०७५ को नाफा नोक्सान हिसाब सहितको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण, र समूह ख अन्तर्गत रिक्त्त संचालक नियुक्ति र स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने समान्य प्रस्ताव रहेका छन् ।

साधारण सभाका लागि कम्पनीले साउन २० गतेदेखि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १९ गते आइतबारसम्म कायम रहेका शेयरधनीहरुले सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

बीमा सािमतिले तोकेको न्यूनतम एक अर्ब पूँजी कायम गर्ने प्रक्रियामा रहेको यस कम्पनीले गत असार १० गतेको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ।

बीमा समितिले लागू गरेको एनएफआरएस अनुसार जगेडा तथा व्यवस्था कायम गर्नुपर्ने भएपछि पूँजी कायम गरिसकेको शिखर इन्स्योरेन्सले पनि लाभांश बाँडेन भने तथा प्रभु इन्स्योरेन्स, लुम्बिनी र एनएलजी जनरल इन्स्योरेन्सले पनि लाभांश वितरण नगरि हकप्रदबाट पूँजी कायम गर्न लागेका छन् । अन्य बीमा कम्पनीको अवस्था पनि उस्तै हुने देखिन्छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।