हिमालयन जनरल इन्स्याेरेन्सले पनि शेयरधनीलाई लाभांश नदिने

Jul 31, 2019 11:35 AM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले पनि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । इन्स्योरेन्सले एनएफआरस प्रणाली बमोजिम वित्तीय विवरण तयार गर्नुपर्ने भएकोले त्यस अनुसार जगेडा तथा अन्य व्यवस्थाहरु कायम गर्दा लाभांश प्रस्ताव गर्न नसकिएको जनाएको हो ।

यस अघि  लुम्बिनी जनरल, शिखर इन्स्योरेन्स, प्रभु इन्स्याेरेन्स, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले पनि एनएफआरएस प्रणालीका कारण जगेडा कोष तथा अन्य व्यवस्था कायम गर्नुपर्ने भन्दै लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका थिए। 

इन्स्योरेन्स संचालक समितिको साउन १४ गते बसेको २४१ औं बैठकले २५ औं साधारण सभा असाेज ६ गते सोमबार विहान ११ः३० बजे कार्की व्याङ्केट बबरमहल काठमाडौंमा  बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले भदौ १७ गतेदेखि असाेज ६ गतेसम्मको लागि शेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । जस अनुसार भदौ १६ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागी हुने पाउने छन् ।

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रूपैयाँ पुर्याइसकेको छ ।

 




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।