मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा शेयर कर्जा

Aug 01, 2019 01:32 PM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले आकर्षक ब्याजदर र सुविधाको साथमा आवास तथा शेयर कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ल्याएको आवास कर्जा २० वर्ष सम्मको लागि र  शेयर कर्जा १ वर्ष सम्मको लागि लिन सकिने जनाइएको छ।

मुक्तिनाथ विकास बैंकले आफुले धितो राखेको शेयरको ६५ प्रतिशतसम्म कर्जा लिन सकिने शेयर धितो कर्जा सुविधा ल्याएको छ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ।

उक्त कर्जा आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि लिन सकिने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले हाल देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम.का माध्यमबाट करिब सात लाख ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले हालै मात्र क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ।

बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) सहज भएकाले शेयर धितोमा कर्जा बढाउन थालेका हुन्। ज्योति विकास बैंकले पनि बिहीबार विज्ञापन मार्फत एक दनमा नै ज्योति शेयर कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको उपत्यकाभित्र १५ शाखा र मोफसलमा बुटवल र नुवाकोटको बट्टारमा कर्जा उपलब्ध शुने बैंकले जनाएको छ ।  एक वर्ष अवधिको उक्त कर्जामा पनि ६५ प्रतिशतसम्म ऋण प्रवाह हुने जनाइएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।