एनसीसी बैंकले बोनस अनुमोदनका लागि बोलायो साधारणसभा, मर्जरको अख्तियारी सञ्चालक समितिलाई

Aug 04, 2019 11:18 AM Merolagani



एनसीसी बैंक (NCCB) ले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर अनुमोदनका लागि एकैदिन बीसौं र एक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले भदौ २३ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा बोनमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान, सम्पति तथा दायित्व मुल्यांकनको लागि मुल्यांकनकर्ता नियुक्त गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

बैंकको प्रबन्धपत्रको दफा ४ मा रहेको बैंकको उदेश्य प्राप्त गर्न धितोपत्र निक्षेप सम्बन्धि कार्य गर्ने र सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायीको कार्य र थप सार्वजनिक निष्काशन (एफपीओ) व्यवस्था थप गर्ने प्रस्ताव समेत गरेको छ।

साधारण सभाबाट बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्बसाधारण शेयरधनीहरको तर्फबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ। 

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २३ गते बिहीबारसम्म कायम रहने लगानीकर्ताले मात्र  लाभांश पाउनेछन्।

हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।