लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन प्रकृया अघि बढ्यो,कति पायो रेटिङ्ग ?

Aug 06, 2019 01:19 PM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढेको छ। पूँजी वृद्धिको लागि इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रदलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ्ग दिएको हो।

इन्स्योरेन्सको गत बैंशाख २५ गते सम्पन्न विशेष साधारण सभाले हाल कामय ८८ करोड चुक्ता पूँजीको २० प्रतिशत अर्थात १० बराबर २ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री प्रस्ताव पारित गरिसकेको छ।

२० प्रतिशत हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा इन्स्योरेन्सले सीबीआइएल क्यापिटललाई यस अघि नै नियुक्त गरीसकेको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।