मल्टीपर्पस फाइनान्सको हकप्रद भर्ने म्याद थप

Aug 11, 2019 09:01 AM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले जारी गरेको ८६५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय १५ दिन थपेको छ । कम्पनीले यसअघि असार २३ गतेदेखि निष्काशन गरि साउन २६ गते आइतबार बन्द हुनेगरि हकप्रद जारी गरेको थियो।

हकप्रदमा प्रयाप्त आवेदन नपरेपछि सञ्चालक समितिको निर्णय अनुसार थप १५ दिन हकप्रद भर्ने समय बढाइएको हो। अब शेयरधनीले भदौ ९ गते सोमबारसम्म हकप्रद भर्न पाउनेछन्।

कम्पनीले गत असार २३ गतेबाट एक कित्ता बराबर ८.६५ कित्ता अनुपातमा कुल ३५ लाख ८५ हजार २६४ कित्ता बिक्री खुला गरेको थियो।

हकप्रद निष्काशनका लागि कम्पनीले असार ११ गते शेयरधनीदर्ता किताब बन्द गरेकाले असार १० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

फाइनान्सको हकप्रद बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय सुन्धारा, मल्टिपर्पस फाइनान्सका शाखा कार्यालयहरु तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन पाइने ब्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले भने अनलाइर्न मार्फत नै हकप्रद भर्न सक्नेछन्

हाल ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको हकप्रद बिक्रीपछि ४० करोड रुपैयाँ पुग्नेछ ।

फाइनान्सको खुद नाफा अघिल्लो आवको तुलनामा १२ प्रतिशतले घटेर गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० लाख ५२ हजार रुपयाँ खुद नाफा आर्जन गरेको छ। वित्तीय विवरणमा फाइनान्सको निष्कृय कर्जा अनुपात ४.५१ प्रतिशत बिन्दुमा छ ।फाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८३ पैसा कायम भएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।