मल्टिपर्पस फाइनान्सको खराब कर्जा उच्च, खुद नाफा ११ प्रतिशत घट्यो

Aug 07, 2019 02:16 PM Merolagani

मल्टिपर्पस फाइनान्स(MPFL)ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा अनुपात उच्च देखिएको छ । फाइनान्सले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा फाइनान्सको निष्कृय कर्जा अनुपात ४.५१ प्रतिशत बिन्दुमा रहेको छ ।

अघिल्लो आवमा पनि फाइनान्समा ४.६३ प्रतिशत निष्कृय कर्जा रहेको थियो।

मल्टिपर्पस फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० लाख ५२ हजार रुपयाँ खुद नाफा आर्जन गरेको छ। फाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले ह्रास भएको हो। अघिल्लो आर्थिक वर्षमा फाइनान्सले एक करोड दुई लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

फाइनान्सले जोखिम व्यवस्थापनको लागि रकम ब्यवस्थापन गर्दा र खर्चमा वृद्धि गर्दा नाफा घटेको हो ।

चुक्ता पूँजी चार करोड १४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ९२ लाख ७७ हजार रुपैयाँ छ। समीक्षा अवधिसम्मा २१ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले २१ करोड ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। 

फाइनान्सको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको देखिन्छ। गत आर्थिक वर्षमा फाइनान्सले एक करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा तीन लाख ५० हजार रुपैयाँले घटेको हो। अघिल्लो वर्ष फाइनान्सले एक करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८३ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४४ पैसा छ भने मूल्य आम्दानी ५.५९ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।