गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.७० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.८५ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ८ प्रतिशत र सञ्चालन मुनाफा ६.७२ प्रतिशत बढेको छ।
चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ७२ पैसा रहेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर ३५ रुपैयाँ ९१ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।
३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४७ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
