गत आर्थिक वर्ष लघुवित्तले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत र सञ्चालन मुनाफा १३४.२५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख हजार रुपैयाँ रिभर्स भएको छ। ६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा रहेको छ।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ।
