एचआईडिसिएलको खुद नाफा अर्ब माथि, ३५ करोड आयोजनाहरुमा लगानी

Aug 11, 2019 10:13 AM Tirtha Raj Poudyal



हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले गत आर्थिक वर्षमा २०७५/०७६ मा आफ्नो खुद नाफा ३८.७७ प्रतिशतले वृद्धि गरि १ अर्ब १२ करोड १४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवमा कम्पनीले ८० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यस्तै कम्पनीको करअघिको मुनाफा ३६.२३ प्रतिशत वृद्धि भई एक अर्ब ५९ करोड ७१ लाख आर्जन भएको छ। 

यस्तै गत अघिल्लो आवको असार मसान्तमा २१ करोड २२ लाख ५० हजार जलविद्युत आयोजनाहरुमा शेयर लगानी रहेकोमा ३४ करोड ९० लाख ५० हजार पुगेको छ। जलविद्युत आयोजनाहरुमा शेयर लगानी ६४.४५ प्रतिशतले सुधार भएको हो। लगानी गरिएका आयोजनाहरुको लक्ष्य अनुसारको भौतिक प्रगति हुन नसक्दा कम्पनीले प्रतिबद्धता गरेअनुसार लगानी प्रवाह हुने नसकेको समेत जनाएको छ ।

यसैगरि कम्पनीले ८ करोड बण्डमा लगानी गरेको छ भने दुई अर्ब ३३ करोड ७६ लाख रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिमा एक अर्ब ३७ करोड १४ लाख ऋण लगानी थियो। यसैगरि कम्पनीले एक अर्ब ९ करोड ८२ लाख रकम छोटो अवधिमा ब्याज सहित फिर्ता हुनेगरि लगानी गरेको छ।

एचआईडिसीएलले बैंक तथा वित्तीय संस्थाहमा १४ अर्ब ६० करोड आवधिक बचत (टम डिपोजिट) गरेको छ भने ३६ करोड ६९ लाख रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ।

विभिन्न आयोजनाहरुबाट कम्पनीले ९२ लाख ३१ हजार रेभेन्यू संकलन गरेको छ भने बैंकहरुमा लगानी रहेको टम डिपोजिटबाट एक अर्ब ७३ करोड ४६ लाख रुपैयाँ ब्याज प्राप्त गरेको छ। यस्तै एक करोड ७ लाख ७३ हजार रुपैयाँ लाभांश आम्दानी र एक लाख १४ हजार अन्य आम्दानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब र जगेडा कोषमा चुक्ता पूँजीभन्दा बढी एक अर्ब ४० करोड २८ लाख रुपैयाँ सञ्चित छ। एक वर्ष अवधिमा कम्पनीले १० प्रतिशत बोनसबाट पूँजी वृद्धि गरेको हो भने जगेडा कोषमा ७.७१ प्रतिशतले सुधार भएको हो।

कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत बराबरको एघार अर्बको हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ। जसमा नेपाल सरकारको तर्फबाट ५ अर्ब ५० करोड रुपैयाँ अग्रिम भुक्तानी भैसकेको छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ११ पैसाले वृद्धि भई १० रुपैयाँ १९ पैसा कायम गरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा, र मूल्य आम्दानी अनुपात १५.७९ गुणा रहेको छ ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।