ग्लोबल आईएमई बैंकले सुरु गर्यो ग्राहकलाई १२ घण्टा बैंकिङ्ग सुविधा

Aug 12, 2019 11:47 AM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले साउन २६ गते आइतबार देखि बैंकको कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ। कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जनाएको हो ।

बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने भएकाे हाे । 

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन खुल्ला रहने बैंकले जनाएको छ। शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।