ग्लोबल आईएमई बैंकले सुरु गर्यो ग्राहकलाई १२ घण्टा बैंकिङ्ग सुविधा

Aug 12, 2019 11:47 AM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले साउन २६ गते आइतबार देखि बैंकको कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ। कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जनाएको हो ।

बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने भएकाे हाे । 

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन खुल्ला रहने बैंकले जनाएको छ। शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।