फस्ट माइक्रोले घोषणा गर्यो बोनस

Aug 13, 2019 11:09 AM Merolagani



फस्ट माइक्रोफाइनान्स वित्तीय संस्था (FMDBL) ले गत आवको मुनाफाबाट शेयरधनीलाई बोनस लाभांश प्रस्ताव गरेको छ। लघुवित्त कम्पनीले १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको हो।

लघुवित्त कम्पीको साउन २७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ। 

लघुवित्तले अघिल्लो वर्ष शेयरधनीलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ पुग्नेछ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।